मंसिर २३ बाट मतदाता नामावली दर्ता सुरु हुने

मकवानपुर, २१ मंसिर । निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने भएको छ ।


शुक्रबार आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति जारी गर्दै मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने बताएकी छिन् ।
यसअघि गत मंसिर १६ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको थियो ।


निर्वाचन सम्पन्न भइ परिणाम समेत प्राप्त भईसकेकोले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ ।


आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हेनुस् विज्ञप्ति :

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.