बकैयामा ट्रिपर दुर्घटना, चालकको मृत्यू

मकवानपुर, २१ मंसिर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ स्थित झाक्रीडाँडा नजिकै ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

शुक्रबार बिहान करिव ८ बजे निर्माणाधिन तराई–काठमाण्डौ द्रुुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा ना८ख २४३० नम्बरको ट्रिपर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्रिपर चालक चितवनका अन्दाजी४० वर्षीय सानु लो तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


हात्तिसुडेबाट फास्ट ट्रयाकको लागि ग्रावेल लोड लिएर जाँदै गर्दा ट्रिपर आफै अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल खोल्सामा खस्दा च्यापिएर चालकको दुर्घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.