बकैयामा बस दुर्घटना, घाईतेहरुको अवस्था सामान्य

मकवानपुर, १९ मंसिर । धरान चतरा सडक खण्ड अन्तरगत मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ५ तिनतलेमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। हेटौडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


घाइतेलाई प्रहरीले उद्दार गरी उपचारको लागि हेटौडाको मकवानपुर सहकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ३७ जना सवार रहेको उक्त बस सडकबाट अन्दाजी ५० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

बस चालक हेटौडा १२, पदमपोखरीका ४५ वर्षीय टिकाराम लामा प्रहरीको नियन्त्रणमा रहेको छ। सबै घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.