
मकवानपुर, ०७ कात्तिक । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका रबिकुमार प्रधान(रविन)ले चुनाब प्रचारप्रसार र भोटमाग्दा वडाबासी समक्ष गरेका बाचा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा उम्मेद्वारी दिएका प्रधानले घरदैलो अभियानका क्रममा वडाबासीको चाहना अनुरुप कार्य गर्ने बताएका छन् ।

वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले घरदैलो अभियानमा वडाका युवा, महिला, बृद्धबृद्धाको उत्साहजनक सहभागिताले आफु चुनाब जित्नेमा निश्चिन्त भएको बताए। उनले प्रचारप्रसारका क्रममा गरेका सबै बाचा पुरा गर्ने बताए ।

प्रधानले वडाको विकासको लागि सबै तहका सरकारसँग समन्वय गरेर शिक्षा, स्वास्थ, आधुनिक कृषि, खानेपानी, सिचाई लगायतको क्षेत्रमा योजना बनाउने बताए ।
वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले वडाको विकासका लागि चयन गरिएका एजेण्डाहरु वडाका सम्पूर्ण नागरिकको एजेण्डा भएको र उक्त एजेण्डाहरु कार्यान्वयन सम्पूर्ण वडाबासीहरुको सल्लाह, सुझाव अनुसार गरिने बताए ।

आफु सधै वडाको विकासको लागि प्रतिबद्ध भएकोले विकास निर्माण र योजना छनोटमा सबै राजनीतिक दलहरु र वडाबासीसंग समन्वय गरेर अगाडि बढ्ने उम्मेद्वार प्रधानले बताए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan