
दुलेगौडा । सामुदायिक विद्यालयमा आफ्नो बालबालिका पढाउने अभिभावकहरु बढ्दै जान थालेको पाईन्छ । एक समय निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विच विभेद नै देखिन्थ्यो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुन्छ भन्ने आम बुझाईलाई चिर्दै तनहुँमा केही विद्यालय गुणस्तर वृद्धीमा लागेका छन् ।
उत्कृष्ट नजितालाई आधार बनाएर जिल्लामा पञ्चमुनीदेव माध्यमिक विद्यालय, सत्यवति मावि, निर्मल माध्यमिक विद्यालय लगायतले छुट्टै पहिचान बनाउँदा शुक्लागण्डकी नगरपालिका घारीको तालबेशी माध्यमिक विद्यालय समेत आफुलाई अब्लल श्रेणीको दावि गर्न प्रयासरत छ ।
विद्यालयका प्रधानाध्यापक धुर्व वाग्लेले पछिल्लो बर्षहरुमा आफ्नो विद्यालयले उत्कृष्ट नजिता ल्याउन सफल भएको दावि गरे । ‘ढोरेली समाजले एसईईमा उत्कृष्ट हुने छात्रा र छात्रलाई दिने पुरस्कार हाम्रो विद्यार्थीले पाउने गरेका छन् ।’ उनले भने ‘यहाँका विद्यार्थी बाहिरका विद्यालयमा गएर समेत टप गर्न सफल भएका उदाहरण छन् ।’
वाग्लेले नगरकै नमुना विद्यालय बनाउन प्रयासरत रहेको जानकारी दिदै शिक्षकहरुलाई जिम्मेवारी दिएर कामप्रति उत्साहित गराउने, अभिभावकले अन्तरक्रियाका लागि जमघट गराई छोराछोरीको सिकाईप्रति जिम्मेवार बनाउने र विद्यार्थीको सिकाईलाई स्तरीय बनाउन प्रयास भईरहेको बताए ।
उनले नमुना मन्टेश्वरी सहित विद्यालयमा गरिएको भौतिक परिवर्तन र प्रभावकारि सिकाई पद्दतीप्रति अभिभावक सकरात्मक बन्दै जान थालेको बताए । ‘यहाँका विद्यार्थी बाहिर जाने प्रवृति विस्तारै रोकिदै गएको छ ।’ उनले भने, ‘ हामीलाई विस्वास गर्नुहोस हामी उत्कृष्ट शिक्षा दिने वाचा गर्दछौँ ।’
कक्षा १२ सम्म अध्ययन हुने यो विद्यालयमा अहिले शुक्लागण्डकी नगरपालिकाका अलवा पोखरा महानगरपालिकाबाट समेत विद्यार्थीहरु आउने गर्दछन् । विद्यालयमा पाँच सय २० विद्यार्थी अध्ययन गर्ने विद्यालयले जानकारी दिएको छ ।
भिडियो :
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan