रोल्पाको ऐतिहासिक स्थल जलजलामा भयानक जिप दुर्घटना

बैशाख १७, रोल्पाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल जलजला क्षेत्रमा आज भएको दर्दनाक सवारी दुर्घटनामा १७ जनाको ज्यान गएको पुष्टि भएको छ।प्रहरीका अनुसार रुकुमपूर्वबाट जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप थबाङ गाउँपालिका,१ स्थित भीरबाट खस्दा घटनास्थलमै १७ जनाको मृत्यु भएको हो। दुर्घटना अत्यन्त भीषण भएको र गाडी सयौं मिटर तल खसेको प्रारम्भिक जानकारी आएको छ।दुर्घटनापछि स्थानीयवासी, प्रहरी र सुरक्षाकर्मीको टोलीले तत्काल उद्धार कार्य सुरु गरेको थियो। उद्धार तथा खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ। घटनामा अन्य घाइते भएका हुन सक्ने आशंका गरिएको छ, तर यकिन विवरण आउन बाँकी छ।प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुमानमा सडकको अवस्था, गाडीको नियन्त्रण गुम्नु वा प्राविधिक समस्या हुन सक्ने बताइएको छ।यस जीपमा सवार यात्रुहरू पूर्णिमाको अवसरमा शुक्रबार हुने बराह पूजामा सहभागी हुन जलजला जाँदै गरेका थिए। जलजलामा प्रत्येक वर्ष वैशाख र जेठ पूर्णिमामा विशेष पूजा तथा धार्मिक कार्यक्रम हुने परम्परा रहेको छ, जसका लागि देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पुग्ने गर्दछन्।यो घटना पछिल्लो समय ग्रामीण भेगमा भइरहेका सवारी दुर्घटनामध्ये एक ठूलो मानवीय क्षतिको रूपमा लिइएको छ। स्थानीय प्रशासनले मृतकहरूको पहिचान तथा घाइतेहरूको उद्धार र उपचारलाई प्राथमिकतामा राखेको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.