
मकवानपुर, माघ १३,प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो चुनावी एजेन्डा जनतामाझ स्पष्ट पार्दै -आँखामा मतदान किन ? भन्ने प्रश्नको ठोस उत्तर प्रस्तुत गरेको छ। पार्टीले स्वतन्त्र, स्वाभिमानी, समुन्नत र समावेशी बलियो राष्ट्र निर्माणको लक्ष्यसहित आँखाको चुनाव चिन्हमा मतदान गर्न अपिल गरेको छ।

प्रलोपाको अनुसार आँखाको चिन्ह केवल चुनावी प्रतीक मात्र होइन, जनताको चेतना, निगरानी र विवेकको प्रतीक हो। गलत प्रवृत्तिमाथि आँखा राख्ने, सही बाटो देखाउने र जनताको आवाज सत्ताको केन्द्रसम्म पुर्याउने राजनीतिक संस्कृतिको प्रतिनिधित्व आँखाले गर्दछ।
प्रगतिशील लोकतान्त्रिक पार्टीले दासता होइन आत्मसम्मानको राजनीति स्थापना गर्ने स्पष्ट प्रतिबद्धता जनाएको छ। जनताको अधिकार खोस्ने होइन, सेवा गर्ने राजनीति नै पार्टीको मूल आधार रहेको उल्लेख गरिएको छ। नेतृत्वलाई सर्वेसर्वा बनाउने होइन, जनतालाई सर्वोच्च स्थानमा राख्ने लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने पार्टीको लक्ष्य छ रहेको मकवानपुर क्षेत्र न २ का युबा उम्मेदवार सन्तोष बिस्टले स्पस्ट पार्नु भएको छ।

महिला, दलित, उत्पीडित, श्रमिक, किसान तथा पछाडि पारिएका समुदायहरूको अनिवार्य समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता पनि पार्टीको प्रमुख एजेन्डा हो। केवल नारामा होइन, नीति र व्यवहारमै समावेशिता लागू गरिने पार्टीले जनाएको छ।
पार्टीले युवाहरूको जन र जीवनसँग प्रत्यक्ष सरोकार राख्ने मुद्दालाई प्राथमिकतामा राखेको छ। रोजगारी,सीप विकास, उद्यमशीलता र नेतृत्व विकासमार्फत युवालाई अवसर प्रदान गर्दै जिम्मेवार र जनसेवक नेतृत्व निर्माण गर्ने योजना अघि सारिएको छ।
मकवानपुरको समृद्धि र विकासलाई सामूहिक सपना मानेर अघि बढ्ने पार्टीले शिक्षा, स्वास्थ्य, यातायात, कृषि, लघु उद्योग, पर्यटन, जलस्रोत, जंगल र जडीबुटी क्षेत्रको व्यवस्थित योजना निर्माण र प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। विकास केहीका लागि होइन, सबैका लागि हुनुपर्ने पार्टीको धारणा छ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्तोष बिष्टले जनताको विश्वास, विवेक र सक्रिय सहभागितामार्फत मात्र साँचो लोकतन्त्र बलियो बन्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “आँखामा मतदान भनेको सचेत नागरिकको पक्षमा मतदान हो। अन्याय देख्ने, गलत रोक्ने र सही बाटो देखाउने शक्ति जनताकै हातमा दिनु हो।”

यसै सन्देशका साथ पार्टीले मकवानपुर क्षेत्र नं. १ का सम्पूर्ण मतदातालाई आँखा चुनाव चिन्हमा मतदान गरी स्वच्छ, समावेशी र उत्तरदायी शासनको पक्षमा उभिन अपिल गरेको छ।साथै उम्मेदवार बिस्टले मकवानपुर क्षेत्र न १ मा पनि प्रलोपाका उम्मेदवार अन्य पार्टीले अघि सारेका भन्दा युबा,सक्षम, बेदाग र सम्मुनत मकवानपुर निर्माण मा अन्य पार्टीले भन्दा उन्नत बिचार लिएर दृढ सन्कल्प सहित चुनाबी मैदानमा होमिनुभएका उम्मेदवार तेज प्रसाद उप्रेती(रमेश) लाई पनि आफ्नो अमुल्य मत चुनाब चिन्ह आँखा मा मतदान गर्न अपिल गर्नु भएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan