प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले चार बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गरायो

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा )ले चार बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ।
डा. बाबुराम भट्टराई र जनार्दन शर्मा अभिभावक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले भ्रष्टाचार,विभेद र नागरिक अधिकारसम्बन्धी चार बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टी अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोवको अध्यक्षतामा काठमाडौँको तीनकुनेमा बसेको विस्तारित बैठकले ‘जेनजी विद्रोह’ को म्यान्डेट पूरा गर्नुपर्ने विषयमा जोड दिएको छ। अध्यक्ष सोवले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचारीको छानबिन गरी तत्काल कारबाही गर्न, भदौ २३ र २४ गते सरकारी पक्षबाट भएको नरसंहारको छानबिन गरी दोषीलाई कारबाही गर्न, विदेशमा रहेका प्रवासी नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न र भौतिक रूपमा मतदान केन्द्रमा नपुगी आफ्नो स्थानबाट मतदान गर्न मिल्ने व्यवस्था गर्न माग गरिएको उल्लेख छ।

बैठकले देशभर ‘भ्रष्टाचार विरोधी अभियान’ सञ्चालन गर्न जीएस गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको छ। कार्यदलका सदस्यहरूमा जटिल कार्की, अमित खनाल (उर्जा), सम्झना राई, ध्रुव प्रसाद काप्री, मन्जु मिक्चान र दिपक महतो रहेका छन्।

विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा तथा भ्रष्टाचार र विभेदविरुद्ध एकजुट हुन सम्पूर्ण प्रगतिशील, लोकतान्त्रिक र वामपन्थी शक्तिलाई आह्वान गरिएको छ। प्रलोपा तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न वातावरण बनाउन सबै पक्षसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.