
मकवानपुर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत विभिन्न दलहरूबीच भएको एकीकरणपछि ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण प्रक्रिया अन्तर्गत नेकपा (माओवादी) केन्द्रको जिल्ला कार्यालयमा रहेको पुरानो बोर्ड परिवर्तन गरिएको छ।
दल एकीकरणको निर्णय सार्वजनिकसँगै माओवादी केन्द्र मकवानपुरको कार्यालय टाँगिएको पुरानो बोर्ड हटाइ नयाँ नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ लेखिएको बोर्ड स्थापना गरिएको हो।
नयाँ बोर्ड स्थापनासँगै अब एकीकृत संरचनाले औपचारिक रूपमा मकवानपुरमा गतिविधि सञ्चालन गर्ने बताइएको छ।
पार्टी एकीकरणपछि जिल्ला स्थानीय तहका संरचनाहरू पुनर्संयोजन गर्ने प्रक्रियासमेत सुरु भएको जिल्ला नेतृत्वले जनाएको छ।
एकीकृत पार्टी ‘नेपाली कम्युनिष्ट पार्टी’ ले अब एकीकृत वैचारिक तथा संगठनात्मक अभियानलाई तीव्रता दिने तयारी गरेको बुझिएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan