
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेता जनार्दन शर्मा र सन्तोष परियार नेतृत्वसमेतका समूहहरूबीच पार्टी एकता प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । राष्ट्रिय सभा गृहमा विशेष मञ्चविनै आयोजना गरिएको एकता सभामा वक्ताहरूले धारणा राख्दै कार्यक्रम अघि बढाइएको हो।

एकतापश्चात् पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ रहने जनाइएको छ भने चुनाव चिन्हका रूपमा नयाँ शक्तिले प्रयोग गर्दै आएको ‘आँखा’ नै कायम राखिने निर्णय भएको छ।
पार्टी पुनर्संरचनापछि डा. भट्टराई तथा जनार्दन शर्मा लगायत शीर्ष नेताहरू प्रारम्भिक रूपमा पदाधिकारी तहमा नबस्ने जानकारी छ।
गत कात्तिक २८ गते भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान, र रास्वपाबाट विद्रोह गरी आएको परियार समूहबीच एकता गर्ने सहमति बनेसँगै आजको कार्यक्रमले औपचारिकता पाएको हो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan