बागमती गाउँपालिका अधुरो विकास निर्माणमा मन्त्री घिसिङको समन्वय प्रतिबद्धता

बागमती, मकवानपुर – भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानबीच मन्त्रालयमा भएको भेटवार्तामा गाउँपालिकाभित्रका अधुरा विकास निर्माण परियोजनाको प्रगति र समस्या बारे छलफल भएको छ।

अध्यक्ष घलानले विशेषगरी वडा नं. १ र २ जोड्ने हात्तिढुङ्गा–चिरुवाखोला पक्की पुल र राइगाउँ क्यान्टिन सडक निर्माणको ढिलाइमा ध्यानाकर्षण गराएका थिए। मन्त्री घिसिङले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।

पुल निर्माणको बजेट विपद् व्यवस्थापन कोषबाट व्यवस्थापन भइसकेको र फाइल प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी अध्यक्ष घलानलाई दिइएको छ। दुवै पक्षले गाउँपालिका भित्रका अन्य विकास आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर सहकार्य र समन्वय जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.