
२१ कार्तिक २०८२, शुक्रवार / बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक (एम.डी) मनोज सिल्वालबीच आज काठमाडौंस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा औपचारिक भेटघाट तथा छलफल सम्पन्न भएको छ।
भेटघाटका क्रममा बागमती गाउँपालिका भित्रको विद्यमान विद्युत प्रसारण लाइनका समस्याबारे विस्तृत चर्चा गरिएको थियो। विशेषगरी गाउँपालिका हुँदै अन्य पालिका तथा जिल्लातर्फ जोडिने मुख्य प्रसारण लाइनमा देखिएको अवरोध, विस्तार तथा सुदृढीकरणका विषयमा दुवै पक्षबीच समाधानमुखी साझा योजना बनाउन सहमति जनाइएको छ।
यससँगै, बागमती गाउँपालिकाभित्र विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न इ–भेहिकल चार्जिङ स्टेशन (EV Charging Center) स्थापना गर्ने सम्भावना र आवश्यक पूर्वाधारका बारे पनि गम्भीर र सकारात्मक छलफल भएको अध्यक्ष घलानले जानकारी दिए। आधुनिक र वातावरणमैत्री यातायात प्रवर्द्धनका लागि चार्जिङ स्टेशन स्थापना महत्वपूर्ण हुने दुवै पक्षको निष्कर्ष रहेको बताइयो।
गाउँपालिकाको ऊर्जा पहुँच विस्तार, सेवा सुधार र दिगो विकासलाई ध्यानमा राख्दै प्राधिकरण र गाउँपालिका बीच निकट सहकार्य अघि बढाइने बताइएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan