
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनका कार्यक्रमहरूलाई तीव्रता दिने उद्देश्यले सम्पूर्ण पार्टी संरचनालाई सक्रिय रहन निर्देशन दिएको छ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर गरिएको परिपत्रमा आगामी कार्तिक ३० गतेका दिन १६ वर्ष उमेर पूरा गरेका नागरिकहरूको मतदाता नामावली दर्ता र अवधारणात्मक तयारीमा जुट्न सम्पूर्ण जिल्ला निर्वाचन कार्यालयहरूलाई आह्वान गरिएको उल्लेख छ।
परिपत्रमा मतदाता नामावली सच्याउने, विवाहपछि मतदाता केन्द्र परिवर्तन गर्ने, बसाइँ–सराइका कारण मतदाता केन्द्र परिवर्तन गर्नुपर्नेहरूलाई सहयोग गर्ने लगायतका काममा प्राथमिकता दिन निर्देशन दिइएको छ।
त्यस्तै, नाम, ठेगाना वा अन्य विवरणमा त्रुटि भएका मतदाताहरूका विवरण तुरुन्त अद्यावधिक गर्न पनि पार्टीका सबै तहका समितिहरूलाई आग्रह गरिएको छ।
पार्टीले यसलाई आगामी निर्वाचन तयारीको महत्वपूर्ण चरण मान्दै प्रत्येक कार्यकर्ता र पार्टी संरचनाले पूर्ण जिम्मेवारीपूर्वक सहभागी हुनुपर्नेमा जोड दिएको छ।
परिपत्रमा भनिएको छ, “राजनीतिक विशेष पहल गर्नुपर्ने भएकाले यो परिपत्र जारी गरिएको हो।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan