हेटौंडामा टिभिएसको ‘मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया’ कार्यक्रम सञ्चालन हुँदै

हेटौंडा, मकवानपुर / टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले हेटौंडामा ‘मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया’ सञ्चालन गर्ने भएको छ।

कार्यक्रम हेटौंडाको रानी दरबार अगाडि रहेको टिभिएस सर्भिस सेन्टर – हेटौंडा अटो मार्टमा असार २२ गतेदेखि २७ गतेसम्म ६ दिनसम्म सञ्चालन हुनेछ।

हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालका अनुसार, जुनसुकै पुरानो मोटरसाइकलको कम्तीमा ३० हजार मूल्यांकन गरिनेछ भने, त्यसमा १० हजार थप मूल्यांकन समेत गरिनेछ। साथै नयाँ मोटरसाइकल तथा स्कुटर खरिदमा कम्तीमा ८ हजार छुट दिइनेछ।

यसका साथै, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा पनि प्रदान गरिने हेटौंडा अटो मार्टले जनाएको छ।

वृक्षारोपण कार्यक्रम र आकर्षक उपहारहरू

टिभिएसको यो अभियान पर्यावरण संरक्षणमा योगदान दिने उद्देश्यले समेत सञ्चालन गरिएको हो।
कार्यक्रम अन्तर्गत ग्राहकहरूले कम्तीमा एक बिरुवा रोपेर सामाजिक सञ्जालमा पोस्ट गरेमा, देशभरबाट १० जना भाग्यशालीलाई ५ वर्षसम्म सडक कर छुट प्रदान गरिने जगदम्बा मोटर्स ले जनाएको छ।

बिशेष मनसुन सर्भिस क्याम्प पनि सञ्चालनमा

साथै, हेटौंडा अटो मार्टमै असार २२ देखि २४ गतेसम्म तीन दिन विशेष मनसुन सर्भिस क्याम्प पनि सञ्चालन हुनेछ।

क्याम्पमा सहभागी हुने ग्राहकलाई:आकर्षक टिसर्ट एक थान उपहारस्पेयर पार्ट्स र इञ्जिन आयलमा १०% छुटलेबर चार्जमा ५०% छुट दिइनेछ।

सञ्चालक कञ्चन बुढाथोकीका अनुसार, यस अवसरमा टिभिएस सवारी साधनका लागि विशेष छुटसहित बार्षिक मर्मत सम्झौता समेत हुने जानकारी दिए।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.