गणतन्त्रबादी भन्नेहरुबाट गणतन्त्रलाई जोगाउॅ – नेता गौतम


नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज विजय गौतमले कथित राजावादीहरुबाट गणतन्त्र कुनै खतरामा नपर्ने बरु गणतन्त्रवादी भन्नेहरु भित्रैबाट अफ्ठ्यारोमा पार्ने काम भएको बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा अखिल (क्रान्तिकारी) बनबिज्ञान अध्ययन संस्थान हेटौंडाबाट आयोजित बृक्षारोपण तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले भने, “आज गणतन्त्रमाथि खतरा छ भने त्यो खतरा कथित राजाबादी भन्नेबाट हैन गणतन्त्रवादी भन्नेहरु भित्रैबाट छ। यसलाई मनन गर्दै युवा बिध्यार्थी र गणतन्त्रका असली हिमायतीले निरन्तर खबरदारी गरिरहनुपर्छ।”
कॅाग्रेस, एमालेको गठबन्धन सरकारले बढाएको बेथिति बिसंगती र भ्रष्ट प्रवृत्तिले गणतन्त्र विरोधीको सेवा गरेकोले यस्ता प्रवृत्तिबाट गणतन्त्रलाई जोगाउनुपर्ने नेता गौतमले जिकिर गरे।
कार्यक्रममा अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष बुद्धराज अर्याल, उपाध्यक्ष दिपक वाईबा, प्रेस सेन्टरका नेता राजकुमार केसी, प्राध्यापक रामायण पाठक, क्याम्पस समितिका अध्यक्ष रोशन रास्कोटी लगायतले शुभकामना व्यक्त गर्दै वृक्षारोपण गरेका थिए।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.