सेक्युरिटी मजदुर संघ मकवानपुर जिल्लाको अध्यक्षमा पुन:रबिन्द्र केशी

चैत्र ३०,हेटौंडा :- अखिल नेपाल सेक्युरिटी मजदुर संघ जिल्ला समिति मकवानपुरको छैठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रबिन्द्र केसीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

शनिबार हेटौंडा औद्योगिक क्षेत्रको सभाहल (ESPS Hall) मा सम्पन्न सम्मेलनबाट अध्यक्ष केसी नेतृत्वको नया कार्यसमितिको उपाध्यक्षमा नकुल अगस्ती, सचिव शिव प्रसाद अधिकारी, सहसचिव कमला जलारी, कोषाध्यक्ष बच्चुराम बर्तौला निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा बागमती प्रदेश सासंद कुमारी मोक्तानले मजदुरको समस्या समाधान गर्ने र मजदुरको हकहितको लागि लड्ने पार्टी भनेको माओवादी केन्द्र मात्र भएको र मजदुरको हरेक समस्या समाधानको लागि पार्टीले मजदुरलाई अग्रभागमा राखेर सदैब मजदुरको अधिकारको लागि लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सम्मेलनमा अखिल नेपाल सेक्युरिटी मजदुर संघ केन्द्रिय उपाध्यक्ष लाल बाबु पटेल विशिष्ट अतिथि, बागमती प्रदेश सासंद प्रेम बहादुर पुलामि (छिन्तु), मकवानपुर जिल्ला सचिव बिर बहादुर घलान (ज्वाला), जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर घलान, नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य तथा मजदुर फ्याक्सन इन्चार्ज विवेक राई, ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष रामशरण घिमीरे, राक्सिराङ गा.पा. उपाध्यक्ष बनस्तम थिङ्ग लगायत ट्रेड युनियनका नेताहरूको उपस्थित रहेको थियो ।

सो सम्मेलनको अध्यक्षता रबिन्द्र केशीले गरेका थिए भने कार्यक्रम संचालन अखिल नेपाल सेक्युरिटी मजदुर संघ जिल्ला मकवानपुरका सहसचिव शिव प्रसाद अधिकारीले गरेका थिए ।

नव निर्वाचित अध्यक्ष रबिन्द्र केसीले सेक्युरिटी मजदुरको हरेक सुख दुखमा अखिल नेपाल सेक्युरिटी मजदुर सधै साथमा रहेको र मजदुरले कानुनी रुपमा पाउनुपर्ने सेवा सुविधा दिलाउन अखिल नेपाल सेक्युरिटी मजदुर संघ प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
1
+1
4
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.