
मकवानपुर, २० पौष । नेपाल प्रेस युनियन मकवानपुरले चार जना युनियनकर्मीहरुलाई सम्मान गरेको छ ।
शनिबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियन मकवानपुरको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रममा प्रेस युनियनका संस्थापक अध्यक्ष राममणी दाहाललाई नगद १५ हजारसहित स्वर्गीय सितादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कार–२०८१ प्रदान गरिएको छ ।
त्यस्तै, जनही १० हजार नगद राशीको प्रेस युनियन पत्रकारिता पुरस्कार -२०८१ बाट प्रेस युनियनका बागमती प्रदेश सदस्य गंगाप्रसाद पौडेल, गणेश दर्पण अधिकारी र मानवी बानियाँलाई प्रदान गरिएको छ । पुरस्कार स्थापनाको लागि गैर आवासीय नेपाली संघ (एनआरएन) का अभियान्ता हाल वेलायत निवासी चिरञ्जीवी ढकाल र हाल अमेरिका निवासी मकवानपुरे पत्रकार सुदीप शिवाकोटीले सहयोग गरेका हुन् । नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासंघ बागमति प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक अध्यक्ष प्रताप विष्ट सहित विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।
उक्त अवसरमा प्रेस युनियनले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै अध्यक्ष बालकृष्ण अधिकारीलाई प्रमाणपत्रसमेत प्रदान गरेको थियो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan