जेसीज दौड प्रतियोगितामा बिजन सुनार प्रथम

मकवानपुर, १० मंसिर । पालुङ जेसिजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको दोस्रो कार्यंक्रम प्रदिप जेसीज दौड प्रतियोगिता सम्पन्न भएको छ ।
सोमबार बिहान थाहा नगरपालिका १ ओखरबजारबाट सुरु भएको दौड प्रतियोगिता पुनः ओखरबजारमै आएर सम्पन्न भएको थियो । प्रतियोगितामा १३ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक बिश्वनाथ रायमाझीले बताए । निर्धारित ५ हजार मिटर दुरीको दौड १९ मिनेट ४४.१० सेकेन्डमा पुरा गरी बिजन सुनार प्रथम भए ।


त्यस्तै १९ मिनेट ४४.११ सेकेन्डमा पुरा गरी हरिकृष्ण बलामी दोस्रो भए भने २० मिनेट १९.३८ सेकेन्डमा पुरा गरी अभिषेक बलामी तेस्रो भए ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाइ नगद तीन हजार, दुई हजार र एक हजार सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले बताए । दौड प्रतियोगिताको पुरस्कार प्रायोजन पालुङ जेसीजका पूर्व अध्यक्ष प्रदिप प्रधानले गरेका थिए ।
बिजेताहरुलाइ १५ गते जेसीज सप्ताहको समापनको अवसरमा पुरस्कार प्रदान गरिने छ ।


पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको दौड प्रतियोगिताको शुभारम्भ कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, कृष्णमान श्रेष्ठ, जर्मलाल श्रेष्ठ, प्रदिप प्रधान, नवराज लामा, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिं दोङ, उपाध्यक्ष एवम् सह–मूल कार्यक्रम संयोजक नारायण कार्की, उपाध्यक्ष स्मिता बिष्ट लगायत बोर्डका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
जेसीज सप्ताह अन्तरगात भोलि मंगलबार थाहा नगरपालिकामा न्यानो कपडा बितरण कार्यक्रम रहेको अध्यक्ष रायमाझीले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.