समावेशिता र संघीयता रक्षा गर्न माओवादी सजग : प्रचण्ड


मकवानपुर २५, कात्तिक । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको समावेशिता र संघीयताको रक्षा गर्न माओवादी सजग र सतर्क रहेको बताएका छन् ।

प्रचण्डले माओवादी नेतृत्वको जनयुद्धका कारण मुलुकमा भएको परिवर्तनसंगै समावेशिता र संघीयता प्राप्त भएको र यसको संस्थागत विकास गर्नु माओवादीको दायित्व भएको बताए ।

प्रेस सेन्टर नेपाल मकवानपुरले थाहा नगरपालिकाको ब्रजबाराहीमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले विभिन्न शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको बताए ।

प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगको भएकाले नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न विगतको भन्दा बढी संवदेनशील भएकोे बताए । उनले विश्वको परिस्थितिलाई हेरेर एकथरी बुद्धिजिवीहरुले तेस्रो विश्वयुद्धको सम्भावना समेत आंकलन गरेको बताए ।
यसैगरी अध्यक्ष प्रचण्डले वर्तमान सरकारले सत्ता बचाउनको लागि राष्ट्रिय स्वाधिनताको सौदाबाजी गर्न खोजेको आरोप लगाएका छन् । उनले हालको सरकारल अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतो गर्न सक्ने आशंका ब्यक्त गरे ।

पत्रकार सम्मेलनकै क्रममा प्रचण्डले भ्रष्टाचार तथा बेथिती विरुद्ध आफ्नो नेतृत्वमा नयाँ आन्दोलन छिट्टै सुरु गर्ने बताए । उनले सबै उत्पीडित वर्ग समुदायको साथ लिएर ७ सय ५३ वटै स्थानीय तहमा खबरदारी सभा गर्ने बताउए । नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तनमा जोड दिदै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थाको एजेन्डा सहित आन्दोलनमा जाने बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.