थाहा नगरमा बसाइँसराइ : आउनेभन्दा साँढे तीन गुणा बढी बाहिरिए

मकवानपुर — थाहा नगरपालिकामा बाहिरिने जनसंख्या आउनेभन्दा करिब साँढे तीन गुणा बढी रहेको तथ्याङ्क सार्वजनिक भएको छ।


‎आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक प्रतिवेदनअनुसार सो अवधिमा जम्मा १६ परिवार मात्र अन्य ठाउँबाट नगरमा बसाइँ सरेका छन्। तर, ५८ परिवार भने नगर छोडेर अन्यत्र गएका छन्।


‎वडागत विवरणअनुसार वडा नं. २ बाट सबैभन्दा धेरै १३ परिवार बाहिरिएका छन्। वडा नं. १० मा भने न कसैको आगमन भएको छ, न कसैले बसाइँ सरेको छ। अन्य वडाहरूमा आउन–जानेको संख्या आ–आफ्नै स्तरमा देखिएको छ।


‎प्रतिवेदनमा जन्म, मृत्यु, विवाह र सम्बन्ध विच्छेदसम्बन्धी तथ्याङ्क पनि समावेश गरिएको छ। आर्थिक वर्षमा ७८८ जन्म दर्ता, ३६५ मृत्यु दर्ता, ४०४ विवाह दर्ता र ६७ सम्बन्ध विच्छेद दर्ता भएका छन्।


‎नगरपालिकाले अघिल्ला वर्षहरूसँग तुलना गर्दा बसाइँ आउनेको संख्या घट्दै गएको र जानेको संख्या बढ्दै गएको उल्लेख गरेको छ। यस प्रवृत्तिले नगरको भविष्यको जनसांख्यिकीय संरचना र विकास योजनामा चुनौती देखिने जनाइएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.