नेकपा मकवानपुरमा युवा नेता विजय गौतम देखि पुराना नेता विरोध खतिवडा सम्म सिफारिस

१२ पौष, हेटौंडा। नेपाली कम्युनिस्ट पार्टीबाट मकवानपुरको क्षेत्र नं. १ का लागि पुराना नेता विरोध खतिवडादेखि युवा नेता विजय गौतमसम्म सिफारिस भएका छन्। खतिवडा विगतमा पटकपटक सांसद भएका नेता हुन् भने गौतम साविक नेकपा(माओवादी केन्द्र) का जिल्ला इन्चार्ज हुन्। पुर्व सांसद खतिवडाको क्षेत्र नं २ मा पनि शिफारिस भएको छ।

क्षेत्र नं. १ वाट वहालवाला  जनप्रतिनिधि सहित १३ जना र क्षेत्र नं. २ मा वहालवाला जनप्रतिनिधि  ८ जनाको नाम आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा सिफारिस भएको छ ।

मकवानपुर क्षेत्र नं. १ वाट शिफारिस हुनेमा विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिङ् , किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, बीरबहादुर थिङ् रहेका छन्।  शिफारिस हुनेमा वहालवाला प्रदेस सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउंपालिका  अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय प्रमुख ललित घलान समेत रहेका छन्।

त्यसैगरी मकवानपुर क्षेत्र नं. २ मा विरोध खतिवडा , रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेति , किशोर बर्तौलाको नाम शिफारिस छ।  त्यस्तै शिफारिस हुने अन्यमा वहालवाला प्रदेश सभा सदस्य कुमारी मोक्तान , राक्सिरांग गॅाउपालिका उपाध्यक्ष बनस्थम् थिङ् समेतको नाम रहेको छ।

यसैगरी समानुपातिक तर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी , लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तान शिफारिस भएका छन्। समानुपातिक तर्फ बिभिन्न क्लस्टर अन्तर्गत शिफारिस हुने अन्यमा कृष्ण चेपाङ् , रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोष कुमार तामाङ् , बालकृष्ण चौलागाई, रामहरि सुवेदी, कृष्णप्रसाद चौलागाई र कृष्ण घिमिरे रहेका छन्।
साथै आसन्न राष्ट्रिय सभाको निर्वाचनको लागि तारानाथ खतिवडा, बिष्णुमाया लामा र दिल बहादुर स्यांग्बोको नाम सिफारिस भएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.