
बकैया मकवानपुर / पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोला मल्टिसेल बक्स पुल शिलान्यास भएको छ । बुधबार एक कर्यक्रमका बिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पुलको शिलान्यास गर्नुभएको हो ।
बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा १ सय २० मिटर लामो पुल निर्माण हुन लागेको हो । पुल निर्माणका लागि ८ करोड २४ लाख ६८ हजार ९८५ रुपैयाँमा लागत अनुमान गरिएकोमा श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले २०८२ असार ८ गते ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । आयोजनाको काम २०८४ असार ७ गते सम्ममा सम्पन्न गरिसक्नुपर्ने छ । पुल निर्माण पश्चात् ८ सय घरधुरी लालाम्वित हुने छन् । पुल नहुँदा बकैया ६ का विध्यार्थीहरुलाई वर्षाको समयमा विध्यालय आवतजावत गर्न समेत समस्या भएको थियो । पुल निर्माण पश्चात् किसान, विध्यार्थी, स्थानीय तथा गौतम बुद्ध अन्तरास्ट्रिय पर्यटन पार्कको लागि सहज हुने छ ।
पुल शिलान्यासको क्रममा मुख्यमन्त्री बानियाँले समयमा नै कार्य समपन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । संघीयताले गरिबलाई धनि बन्ने व्यवस्था ल्याइ विभिन्न स्थानमा विकासले गतिलिएको उहाँको दाबी थियो । जेन्जी पुस्ताको अन्दोलनले देशमा विभिन्न जनधनको क्षति भएको बताउँदै उहाले युवा पुस्ताको मागलाई सम्बोधन गर्दै प्रदेशमा भ्रष्टाचार मुक्त गर्दै सुशासन युक्त समाज निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री डा.दिनेश चन्द्र देवकोटा विशेष परिस्थितिमा बजेट विनियोजन भइ पुल निर्माण कार्य सुरु भएको जानकारी गराउँदै पुल समयमा नै निर्माण सम्पन्न हुने प्रतिवद्धता व्यक्त गर्नु भयो । आर्थिक, सामाजिक रुपान्तरणको लागि उत्पादन सँग जोडिन आवश्यक रहेको उहाँको धारणा रहेको छ ।
पुल शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निवर्तमान गाउँपालिका अध्यक्ष दामोदर खनाल, निवर्तमान उपाध्यक्ष सरला बोलखे लगायत विभिन्न राजनैतिक दलका व्यक्तित्व, समाजसेवि, स्थानीयहरुको उपस्थिति रहेको थियो ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan