सुशीला कार्की नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन

काठमाडौँ । सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ। सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री कार्की सहित नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री कार्कीले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, सहकारी, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार, स्वास्थ्य, वातावरण, संस्कृति, पर्यटन लगायत विभिन्न मन्त्रालयहरूको जिम्मेवारी सम्हाल्नु हुनेछ।

अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वअर्थसचिव रामेश्वर प्रसाद खनाललाई दिइएको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले वहन गर्नु हुने भएको छ। यस्तै, ओमप्रकाश अर्याल गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व गर्नु हुनेछ।

संविधानको धारा ८० बमोजिम मन्त्रीहरूको नियुक्ति तथा शपथ ग्रहण प्रक्रिया सम्पन्न भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.