नख्खु कारागारबाट फरार दुई कैदी पालुङ प्रहरीद्वारा पक्राउ

मकवानपुर । नख्खु कारागारबाट गत भदौ २४ गते फरार भएका दुई कैदीलाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको छ।

‎पक्राउ पर्नेमा कैलाश गाउँपालिका–५ कालिखोला निवासी २९ वर्षीय मंगलबहादुर पाख्रीन र कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका–७ का ३६ वर्षीय प्रेमबहादुर बुढा क्षेत्री रहेका छन्।

‎कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी उनीहरूलाई २६ गते दिउँसो करिब ३:३० बजे पालुङबाट खटिएको प्रहरी टोलीले कालिखोलास्थित घरमै लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

‎प्रहरी निरीक्षक सविन बाबु अर्यालको कमाण्डमा खटिएको टोलीले दुबैलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा पठाइने जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.