
कैलाश गाउँपालिका–१०, बेतेघारीमा २०८२ साल श्रावण २६ गते योङ कम्युनिष्ट लिग वाईसियल (YCL) नेपालको पहलमा श्रम अभियान अन्तर्गत भव्य सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेकपा (माओवादी) केन्द्र बागमती प्रदेश सचिबालय सदस्य ललित घलान,प्रदेश कमिटी सदस्य बालकुमार मल्ल,वाईसियल (YCL) केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कमल अर्याल, लगाएत स्थानीय नेतृत्व,सानुलाल मोक्तान,जयसंकर मगर,ईन्द्रलाल चेपाङ एबम स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले गाउँको वातावरण सफा राख्ने उद्देश्यले बोटबिरुवा वरिपरिको झाडी हटाउने, बाटो तथा सार्वजनिक स्थलको सफाइ गर्ने कार्यमा हातेमालो गरिएको बताउनु भयो।
वाईसियल (YCL) का प्रतिनिधिहरूले यस अभियानले स्थानीय बासिन्दामा सरसफाइप्रतिको चेतना बढाउने र सामूहिक श्रम संस्कृतिलाई मजबुत बनाउने विश्वास व्यक्त गरे। साथै, भविष्यमा पनि निरन्तर वातावरण संरक्षण, समुदाय विकास र स्वच्छ गाउँको अभियानलाई अघि बढाइने प्रतिवद्धता जनाइएको छ।
यस अवसरमा वाईसियल (YCL) का विभिन्न तहका नेताहरूले श्रम र उत्पादनमा आधारित अभियानमार्फत भ्रष्टाचार, सामाजिक असमानता र निष्क्रियतालाई चुनौती दिँदै स्वावलम्बी र अनुशासित समाज निर्माणमा योगदान दिन यस्ता कार्यक्रम हरुले मद्दत पुर्याउने बताउनु भयो।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan