
बैशाख २९,काठमाडौ :- किराँत समुदायको मौलिक संस्कृति, कृषि चक्र र प्रकृतिपूजासँग जोडिएको पर्व उभौलीको अवसरमा किराँत समुदायलगायत र समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

उभौली प्रकृतिसँग सहअस्तित्व, श्रमशील जीवनशैली र सामाजिक सन्तुलनको सांस्कृतिक उत्सव हो। यो पर्वले हामीलाई परिवर्तनलाई आत्मसात् गर्दै सामाजिक न्याय, पहिचानको सम्मान र अधिकारको संरक्षणतर्फ अग्रसर हुन उत्प्रेरित गर्दछ।
लामो संघर्ष र बलिदानको प्रतिफलस्वरूप नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हकहरू, धार्मिक स्वतन्त्रता, पहिचान, भाषा र संस्कृतिको अधिकारलाई यस्ता चाडपर्वहरूले थप जीवन्त बनाएका छन् । विविधतायुक्त हाम्रो समाजमा राष्ट्रको बृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्रै सम्भव छ।
यस पर्वले किराँत समुदायको गौरवपूर्ण सांस्कृतिक सम्पदाको जगेर्ना गर्नुका साथै समावेशी, न्यायपूर्ण र समानतामूलक समाज निर्माणतर्फ योगदान पुगोस् भन्ने कामनासहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु।
२९ बैशाख, २०८२ (१२ मे, २०२५)





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan