
चैत्र २,थाहा :- बिहिबार साझ ६ बजेको समयमा अकस्मात आएको शक्तिशाली हुरीले थाहा नगरपालिकाको विभिन्न क्षेत्रमा रहेको ८६ घरको छानो उडाउनुका साथै तरकारी खेतीको लागि बनाएको टनेलमा व्यापक क्षेती पुर्याएको छ।
आज बसेको थाहा नगर बिपद व्यवस्थापन समितिको बसेको आकस्मिक बैठक बसी नगरपालिकाको वडा न ३ मा ५१ वटा,४ मा २५ वटा र ५ मा १० वटा घरको छानो उडाएको बिवरण प्राप्त भएको थाहा नगरपालिकाका प्रवक्ता तथा वडा न ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीले जानकारी दिएका छन।
नगरपालिकामा बसेको बिपद व्यवस्थापन समितिको बैठकले प्राविधिक हरुलाइ क्षेती भएको घरघरमा पठाइ लगत संकलन गरि अधिकतम ३० हजार सम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता रायमाझीले जानकारी दिए।
हाललाई तत्काल राहत स्वरुप दामन रेडक्रस,जिल्ला रेडक्रस र वडा कार्यालयको समन्वयमा ६० थान त्रीपाल उपलब्ध गराइएको दामन रेडक्रसका सभापति मनश्याम बस्नेतले जानकारी दिए।
प्रारम्भिक विवरण अनुसार थाहा नगरको घर्तिखोला,डाँडागाउँ,धारापानी,थाहा ५ को केहि स्थानमा घरको छानो उडाएपछी स्थानीयहरु पिडित भएका छन।
घटना बित्तिकै नगर प्रहरी,ईलाका प्रहरी कार्यालयका प्रहरीहरु,नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,४ का अध्यक्ष नारायण लामा,लगायत टोलटोलमा पुगेर जानकारी लिएका थिए।
हावाहुरी र असिनाको कारण टनेल र खेतीपातिमा असर पुग्दा लाखौको क्षेती पुगेको थाहा नगर कृषि शाखाले जनाएको छ।कृषि शाखाका अनुसार प्राविधिक हरुले लगत संकलन गर्ने कार्य भैरहेकोले क्षतिको एकिन जानकारी २-३ दिनमा आउने जानकारी दिएको छ।असिनाले थाहाको ७,८,३,४,५,६ नम्बर वडामा किसानले लायको तरकारी र बिउहरुमा क्षति पुर्याएको छ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan