
फाल्गुन १५,हेटौंडा : – नेपाल चेपाङ संघ जिल्ला कार्यकारिणी समिति मकवानपुरको अध्यक्षमा महेश कुमार चेपाङ सर्वसम्मत रुपमा निर्वाचित भएका छन ।
बुधबार पश्चिम मकवानपुरको मनहरी -७ स्थित मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको सभाहलमा आयोजित सातौं जिल्ला अधिवेशनबाट महेश कुमार चेपाङको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यकारिणी समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
जसको उपाध्यक्षमा शोभा चेपाङ , सचिव किशोर चेपाङ , सहसचिवमा अभि राना प्रजा कोषाध्यक्षमा भक्त बहादुर चेपाङ लगाएका सर्वसम्मत रुपमा निर्वाचित भएको हो ।
त्यसै गरि सदस्यहरुमा राजेन्द्र कुमार चेपाङ ,ईन्द्र लाल चेपाङ , सविन चेपाङ , मिलन चेपाङ , दिपक चेपाङ,अस्मिता चेपाङ, दिलिप चेपाङ ,कमल चेपाङ ,बिरजन चेपाङ ,प्रज्वल चेपाङ र लक्ष्मी चेपाङ रहेका छन ।
नव निर्वाचित कार्यसमितिलाई केन्द्रिय अध्यक्ष गोबिन्दराम चेपाङले सपथ ग्रहण गराएका थि ।
नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोबिन्दराम चेपाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागमती प्रदेशका पुर्व भौतिक तथा पुर्वाधार राज्य मन्त्री शन्त बहादुर चेपाङ , बागमती प्रदेश कमिटीका अध्यक्ष खुसी लाल चेपाङ , चेपाङ नेता खेम चेपाङ , राक्सिराङ गाउँपालिका -५ का अध्यक्ष हरि बहादुर चेपाङ , मनहरी -७ का अध्यक्ष ठाकुर तितुङ , चेपाङ नेता कृष्ण बहादुर चेपाङ लगाएतकाको उपस्तिथि रहेको थियो ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan