मकवानपुर प्रमुख जिल्ला अधिकारिमा : स्किम श्रेष्ठ

फागुन ९,हेटौंडा :- मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा स्कीम श्रेष्ठ आउने भएकी छिन्।सरकारले आज गरेको निर्णय अनुसार (सिडिओ) को सरुवा गरेको छ । जसमा स्किम श्रेष्ठ पश्चिम नवलपरासीबाट मकवानपुर आउने लागेकी हुन्। मकवानपुरका प्रजिअ तीर्थराज चिलुवालले सरुवा भएसँगै मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारीले कार्यभार समाल्दै आएका छन् । 
श्रेष्ठ मकवानपुर निवासी हुन् ।  उनले २०७७ सालमा समावेशी महिला तर्फ सह-सचिव वा सोसरह पदमा नियुक्तीका लागि सिफारिस भएकी थिइन् । 
श्रेष्ठ मकवानपुर जिल्लाको पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । हेटौँडा–१६, हटियाकी श्रेष्ठ यसअघि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पनि सचिवको रुपमा जिम्मेवारी सम्हालिसक्नुभएको थियो । हेटौँडा–१६, हटियास्थित जनप्रिय माविबाट एसएलसी उत्तीर्ण श्रेष्ठ कक्षा ११ र १२ तथा स्नातक तह हेटौँडा स्कूल अफ म्यानेजमेन्टबाट पूरा गर्नुभएको हो । स्नात्तकोत्तर तहको अध्ययन श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरबाट पूरा गर्नुभएको हो ।
एक सातापछि मकवानपुरमा सहायक प्रजिअमा फागुन ६ गते राजेन्द्रप्रसाद कँडेल हाजिर हुनुभएको छ । यसअघि मकवानपुरको सहायक प्रजिअ धोलकराज ढकाल हुनुहुन्थ्यो । उहाँको सहसचिव पदमा बढुवा भएसँगै संघीय मन्त्रालयमा हाजिर हुनुभएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.