
फाल्गुन ५ , हेटौडा : – ३०औ जनयुद्ध दिवसको अवसरमा अखिल(क्रान्तिकारी)मकवानपुरले वक्तित्वकला प्रतिजोगिता आयोजना गरेको छ।
मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा भएको उक्त कार्यक्रममा २० जना प्रतिस्पर्धीहरु सहभागी भएका थिए!
प्रत्येक बक्तालाइ ५मिनेटको समय निर्धारण गरेको थियो।
येसै वक्तित्वकला प्रतिजोगितामा प्रथम स्थान हासिल गर्न सफल मकवानपुर बहुमुखी क्याम्पसमा अध्ध्यनरत छात्र सुशील न्यौपाने हुनु भयो!वहाँ लाई नगद रु ५००० सहित प्रमाणपत्र वितरण गरियो।
त्यसै गरि द्वितीय स्थान हासिल गर्न सफल बंशगोपाल मल्टिपल क्याम्पसमा अध्ध्यनरत छात्र रौनक घिमिरे हुनुभयो।वहाँलाई नगद रु३००० सहित प्रमाणपत्र वितरण गरियो।
त्यसैगरि तृतीय स्थान हासिल गर्न सफल सिद्धार्थ शिशु सदन बोर्डिङ स्कुलमा अध्ध्यनरत छात्र आदित्य पराजुली हुनुभयो।वहाँलाई नगद रु२००० सहित प्रमाणपत्र वितरण गरियो।
यस वक्तित्वकला प्रतियोगिता प्रमुख अतिथिको मन्तव्य राख्दै नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सचिब ज्वाला वीर बहादुर घलान ले जनयुद्धले लेराएको ऐतिहासिक परिवर्तन आम युवा एवम् सम्पुर्ण नेपाली जनताले मनन गर्नुपर्ने बताउनुभयो।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन, तानाशाही राजतन्त्रविरुद्ध क्रान्ति एवम् जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सहिदहरूको सम्झनामा येस्ता कार्यक्रमहरु निरन्तर गर्नुपर्ने बताउनु भयो।
त्यसै गरि उक्त प्रतियोगितामा प्रमुख निर्णायकको भुमिकामा निमेष निखिल एवम् अन्य निर्णायकमा दिपक राज मिस्र र पुर्सोत्तम पुडासैनी रहनुभएको थियो।
साथै कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रिय उपमहासचिव निर्मला गौतम,नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य सुभरत्न गोले,अखिल(क्रान्तिकारी)बागमती प्रदेश सदस्य पुस्पा सुनार,अखिल(क्रान्तिकारी)मकवानपुर जिल्ला सहसचिव अभ्युदय खनाल, सुजन सिलवाल,सदस्य प्रचण्ड बैजु,राहुल डिमडुङ,मिनेश पुडासैनी,प्रकाश मिजार,नबिन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा सभादक्ष्यको भुमिकामा अखिल(क्रान्तिकारी)मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्याल रहनुभएको थियो भने कार्यक्रम संचालन मकवानपुर जिल्ला सचिब छोइसाङ लामाले गर्नुभएको थियो।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan