पुननिर्माण पछि चिटिक्क मछिन्द्रपाटी


मकवानपुर ०२, मंसिर । थाहा नगरपालिका वडा नम्बर ३ गोपाली गाउँमा रहेको पुरानो मछिन्द्रपाटी पुननिर्माण पछि चिटिक्क देखिएको छ ।
सुरुमा छ्वालीको छानोसहितको पुरानो मछिन्द्रपाटी बि.सं. २०१० सालमा स्थानीयहरुको सक्रियतामा छ्वालीको स्थानमा ढुंगाको छानो हाली मछिन्द्रनाथको मन्दिर समेत स्थापना गरी पाटीलाई पुननिर्माण गरिएको थियो ।

तत्कालिन शिखरकोट गाउँपञ्चायत वडा नम्बर ३ मा बस्ने डाँडाघरे कार्कीका खलकको सक्रियता र स्थानीय गोपाली समुदायहरुको सहयोगमा मछिन्द्रपाटी निर्माण गरिएको गोपाली समुदायका थकाली ज्ञानबहादुर गोपाली बताउँछन् ।
२०७२ सालको भुकम्पले पाटीमा क्षति पु¥याएपछि बागमती प्रदेश सांसद कुमारी मोक्तानको पहलमा पर्यटन विकास योजनाबाट प्राप्त ८ लाख र स्थानीयको एक लाख जनश्रमदानबाट पाटीको पुननिर्माण गरिएको निर्माण समितिका अध्यक्ष शकुन्तला गोपालीले बताईन् ।

सामाजिक र सांस्कृतिक महत्वराख्ने मछिन्द्रपाटी पुननिर्माणपछि स्थानीयहरु खुशी देखिएका छन् । गोपाली संस्कृतिको बिभिन्न कार्यक्रम र गतिविधि सञ्चालनका लागि पाटीले महत्व राखेको स्थानीयहरु बताउँछन् ।
गोपाली गाउँको मध्यभागमा रहेको पाटीसंगै रहेको चौतारो मर्मतको लागि समेत थाहा नगरपालिका वडा नम्बर ३ को कार्यालयले ५ लाख रुपैंया बिनियोजन गरेकोले पाटीसंगै चौतारोको पुननिर्माण भएपछि थप आकर्षक हुने निर्माण समितिका अध्यक्ष गोपालीले बताईन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.