थाहामा माओवादीको राजनैतिक तथा बैचारिक प्रशिक्षण


मकवानपुर २५, कात्तिक । नेकपा (माओवादी केन्द्र) थाहा नगर कमिटीको आयोजनामा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र) थाहा नगर कमिटी अध्यक्ष बिनोदकुमार लामाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेश कमिटी अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले माओवादी केन्द्रका कार्यकर्ताले समाजमा पु¥याउन पर्ने योगदान, पार्टीको नीति र अनुशासनको बारेमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै सहकारी केन्द्र नेपालका केन्द्रीय उपाध्यक्ष बिष्णुहरि ढकालले आयआर्जन तथा ब्यवस्थित ब्यवशाय विकासका बिषयमा प्रशिक्षण दिएका थिए ।

नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवम् पूर्व बागमती प्रदेश सरकारका पूर्व सामाजिक बिकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज बिजय गौतम्, केन्द्रीय सदस्य प्रमिला पुलामी, प्रल्हाद लामिछाने, बागमती प्रदेश कमिटी सचिवालय सदस्य बिष्णु बिष्ट, सदस्य, लवशेर बिष्ट, ईन्द्रबहादुर श्रेष्ठ, लक्ष्मी माझी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज ध्रुवराज ढकाल, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका मकवानपुर अध्यक्ष जयराम रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।

नेकपा (माओवादी केन्द्र) थाहा नगर कमिटी सचिव लक्ष्मण बिष्टले सञ्चालन गरेको प्रशिक्षणमा पार्टीका थाहानगरका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.