
मकवानपुर, २५ कात्तिक । सिन्धुलीमा मकवानपुरका एक शिक्षकमाथि गोली प्रहार भएको छ ।
मकवानपुरको बागमती गाउँपालिका-१, बोटगाउँ घर भएका शिक्षक प्रेमबहादुर बम्जनमाथि रौतहटको गैंटारस्थित आफन्तको घरबाट घर फर्कने क्रममा अज्ञात समूहले आईतबार दिउँसो गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
गोली प्रहारबाट बम्जन घाईते बम्जन मकवानपुरको बकैया गाँउपालिका ३ हात्तिसुँडे स्थित बुद्ध मा.वि.का प्रधानाध्यापक हुन्।
घाईते बम्जनलाई सिन्धुलीमा सामान्य उपचार पछि थप उपचारको लागि बिरगंज लगिएको र उनि खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।
सिन्धुलीको हरिहरिपुरगढी गाउँपालिका–६, स्थित सिन्धुली–सर्लाही–कर्मैया सडक खण्डमा प्रदेश नं. २-०३-००६-प ८५५४ नम्बरको मोटरसाईकलमा सवार बम्जनमाथि गोली प्रहार भएको हो ।
सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल खड्काका अनुसार अज्ञात समूहले मोटरसाइकल चलाएर हिँडिरहेको अवस्थामा बम्जनलाई रोकेर नल कटुवा बन्दुकले गोली प्रहार गरेको बताए ।
बम्जनले लगाएको हेल्मेटको दाहिनेतर्फबाट प्रहार भएको गोलीले गाला छेडेर बंगारामा अड्किएको डीएसपी खड्काले बताए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan