थाहामा अन्तर वडा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु


मकवानपुर, २२ कात्तिक । थाहा नगरपालिका वडा नम्बर ७ डाँडाबासमा अन्तर वडा मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
थाहा नगरपालिका र कैलाश गाउँपालिकाका वडाका क्लवहरुबीच हुने प्रतियोगितामा २१ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको संयोजक सुजिन्द्र गोलेले जानकारी दिए।


सल्ले राम्चे युवा क्लबको आयोजना तथा हिमशिखर बचत तथा ऋण सहकारी संस्थाको सहआयोजना र वडा न ७ को मुख्य सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
थाहा ७ डाँडाबास फुटवल ग्राउन्डमा संचालन हुने प्रतियोगिता फाईनल खेल कात्तिक २५ गते हुने संयोजक गोलेले बताए ।


प्रतियोगितामा थाहा नगरपालिका र कैलाश गाउँपालिकाको सम्बन्धित वडाको स्थायी बसोबास भएका खेलाडीको मात्र सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलेले नगद ५१ हजार १ सय ५१, दोस्रो हुने टिमले ३१ हजार १ सय ३१ र तृतीय हुने टिमले १३ हजार १ सय १३ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी र बिधागत तर्फ उत्कृष्ट हुने खेलाडिलाई नगद र शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.