बागमतीको बजेटविरुद्ध परेको रिट खारेज

मकवानपुर, २१ कात्तिक । मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमाथि परेको रिट खारेज भएको छ । बुधबार उच्च अदालत पाटन हेटौंडाका न्यायाधीशहरु शान्ति सेढाई सापकोटा र सानू मैया डंगोलको संयुक्त इजलासले उक्त रिट खारेज भएको फैसला गरेको हो ।

गत असारमा गाउँपालिकाका अध्यक्ष सर्केश घलान र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानविरुद्ध परेको उत्प्रेषण परमादेश मुद्दा खारेज भएको हो । 

चालू आर्थिक वर्ष २०८१/८२ का लागि गाउँपालिकाले ल्याएको बजेट रोक्न गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिनासहित बागमती–९ का वडाअध्यक्ष पुनराम घलान, ८ का वडाअध्यक्ष ईन्द्रमणि तिमल्सिना, र ७ नम्बरका वडाअध्यक्ष उत्तरबहादुर भोलनले अदालतमा रिट दर्ता गराएका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.