अमेरिकी राष्ट्रपति पदमा ट्रम्पको बलियो सम्भावना

मकवानपुर, २१ कात्तिक । अमेरिकाको आगामी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प बिजयी हुने सम्भावना बढेको छ ।
हालै सम्पन्न अमेरिकी राष्ट्रपति पदको चुनावको मतगणना जारी रहँदा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प २४६ सिटमा विजयी भएका छन्, भने डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले २१० सिटमा जित हासिल गरेकी छन् ।

८२ इलेक्टोरल भोट (सिट)को मतगणना बाँकी रहँदा बहुमत सिट (२७०) को लागि ट्रम्पले २४ सिटमा बिजयी हुनुपर्नेछ भने ह्यारिस ६० सिटमा बिजयी हुनुपर्नेछ ।

अमेरिकामा मंगलबार ५० राज्यमा ५३८ इलेक्टोरल भोट (सिट) का लागि निर्वाचन भएको थियो जसमध्ये अमेरिकी राष्ट्रपति बन्नका लागि कुल २७० सिटको बहुमत आवश्यक पर्छ ।

हालसम्म ५० मध्ये ३८ राज्यको नतिजा सार्वजनिक भइसकेको छ। तीमध्ये ट्रम्पले २४ राज्य र ह्यारिसले १४ राज्यमा जित हासिल गरेकी छन्।
ट्रम्पले यो चुनाव जितेमा चार वर्षपछि पुनः ह्वाइट हाउस फर्कनेछन् । भने, अर्कोतर्फ कमला ह्यारिस विजयी भएमा उनले पहिलो महिला राष्ट्रपति बनेर अमेरिकामा इतिहास रच्नेछिन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.