बिनयबाबु स्मृति जिल्ला भलिबलको फाइनल आज

थाहा नगर, १७ कात्तिक/सातौं संस्करणको बिनयबाबु बस्नेत स्मृति जिल्ला स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
प्रतियोगिताको सेमिफाइनलमा बिनयबाबु स्मृति प्रतिष्ठान, मंगलेश्वर युवा क्लब, मनहरी र कैलाश ५ सेमिफाइनलमा पुगेका छन् ।

शुक्रवार थाहा नगरपालिका वडा नम्बर २ स्थित फाँटबजामा भएको पहिलो क्वाटर फाईनल खेलमा आयोजक बिनयबाबुले थाहा ५ खेलकुद लाई भएको २-१ को सेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो भने दोस्रो क्वटर फाईनल खेलमा मंगलेश्वर ले हेडौटा १९ लाई २-० सोझो सेटमा पराजित गर्यो, तेस्रो क्वाटरफाईनलमा मनहरी ले योङस्टार लाई २-१ ले पराजित गर्यो भने अन्तिम क्वाटरफाईनलमा ड्रीम्स क्लबलाई कैलास ५ ले २-० को सेटमा पराजित गरेको थियो।

शनिबार बिहान पहिलो सेमीफाईनल आयोजक ए र शसक्त युवा क्लव कैलाश र दोस्रो सेमिफाईनल मंगलेश्वर र मनहरी गांउपालिकाबिच हुने आयोजकले जनाएको छ।

सेमिफाईनल खेलका बिजेता टिमबिच शनिबार दिउँसो फाईनल खेल हुने आयोजकले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.