
हेटौंडा, ०९ कात्तिक/साफ महिला च्याम्पियनसिपको समूह चरण अन्तरगतको खेलहरु सकिएको छ । बिहीबार काठमाण्डौंको दशरथ रंगाशालामा भएको समूह चरणको अन्तिम खेल सम्पन्न भएपछि सेमीफार्ईनल पुग्ने ४ टिमको टुंगो लागेको हो ।
बिहीबार समूह चरणको अन्तिम खेलमा आयोजक नेपालले श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गरी समूह बि को विजेता र यसअघिको समूहचरणको खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलअन्तरले पराजित गरी समूह बि को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै समूह ए अन्तरगत बंगलादेश समूह बिजेता र भारत समूह उजबिजेता भई यसअघि नै सेमिफाईनल प्रवेश गरिसकेका छन् ।
सेमिफाईनल चरणका खेलहरु कात्तिक ११ गते आईतबार समूह ए को बिजेता बंगलादेश र समूह बि को उपबिजेता भुटान बिच दिउँसो साढे १ बजे र समूह बि को बिजेता नेपाल र समूह ए को उपबिजेता भारत बिच साँझ साढे ६ बजे दशरथ रंगाशालामा हुनेछ ।

साफ महिला च्याम्पियनसिपमा नेपालसंगै भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका र माल्दिभ्सको सहभागिता रहेको थियो । भने पाकिस्तान, श्रीलंका र माल्दिभ्स समूह चरणबाटै बाहिरिएका छन् ।
कात्तिक १ गते बिहीबारदेखि सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाईनल खेल १४ गते बुधबार दशरथ रंगशालामा हुनेछ ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan