साफ वुमन्स च्याम्पियनसिपः फाइनलको टिकट तीन स्थानमा पाईने

काठमाडौं, १३ कात्तिक । बुधबार हुने साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ । बुधबार बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीतर्फ १ हजार टिकट बेच्ने बिक्री गरिनेछ । दशरथ रंगशालाको प्यारापिटमा १५ हजार ४ सय जना दर्शक क्षमता रहेकोछ ।
यसअघि अनलाइन टिकट खरिद गरेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।
टिकट एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानबाट बिक्री गरिनेसमेत जानकारी दिएको छ । एन्फले टिकटको मूल्य साधारण तर्फ ५ सय र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकेको छ ।
त्यस्तै एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै टिकट किन्न पाउनेछन् ।
आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै एन्फाले टिकट बिक्रीमा रोक लगाएर आफैले टिकट बिक्रीको जिम्मा आफैं लिएको हो । यसअघि खेलको टिकट बिक्री गर्ने जिम्मा माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट प्रालिले लिएको थियो ।
फिफा नियमअनुसार रंगशालाको कुल क्षमताको २० प्रतिशत कममात्रै टिकट बिक्री गर्नुपर्ने हुन्छ ।
साथै एन्फाले दर्शकलाई बुधबार साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ । फाइनल खेल साँझ साढे ६ बजेदेखि सुरुहुनेछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.