
मकवानपुर, २३ कात्तिक । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थाहानगरपालिका आउने भएपछि थाहा नगरको सुरक्षा अवस्था चुस्त पारिएको छ ।
थाहा नगरको सुरक्षा अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए ।
प्रचण्ड र कार्यक्रम स्थलको सुरक्षाको लागि थाहा नगर आसपासका प्रहरी कार्यालय संगै जिल्लाबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको डिएसपी अर्यालले बताए ।
प्रचण्डको वाईसीएल थाहा नगरको दोस्रो सम्मेलन उद्घाटनका साथै पूर्व जनमुक्ति सेना, जनयुद्धका घाइते, अपांग, शहीद परिवार सम्मानका साथै पार्टीको नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan