थाहाका युवा फोटो पत्रकार गणेश काठमाण्डौंमा पुरस्कृत

मकवानपुर, २५ कात्तिक । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले प्रदान गर्ने हरिगोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार, संस्कृति÷सम्पदा फोटो पत्रकारिता पुरस्कार–२०८० बाट थाहा नगरपालिकाका युवा फोटो पत्रकार गणेश बिष्ट पुरस्कृत भएका छन् ।
एनएफपिजेको शनिबार सम्पन्न २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनको अवसरमा थाहा नगरका बिष्ट पुरस्कृत भएका हुन् ।

थाहा नगरपालिका वडा नं. ३ का बिष्ट मकवानपुर जिल्ला लगायत देशका बिभिन्न स्थानका धार्मिक, पर्यटकीय स्थल, जनजीवनलगायतका फोटो खिचेर प्रचारप्रसामा सक्रिय छन् ।
बिष्ट थाहा नगरको पर्यटन प्रवद्र्धनमा पनि निकै सक्रिय छन् । बिष्टले फोटोपत्रकारितासंगै थाहानगरका बिभिन्न स्थानमा पदमार्गको परिकल्पनाकार समेत हुन् । हाल थाहानगरमा ७ वटा पदमार्ग चर्चामा रहेको छ।

बिष्टसंगै साहसिक फोटो पत्रकारिता सम्मानबाट सुजन बज्राचार्य, पर्यापर्यटन फोटो पत्रकारिता सम्मानबाट प्रविन श्रेष्ठ, मनोरञ्जन फोटो पत्रकारिता सम्मानबाट लेखबहादुर श्रेष्ठ र खेलकुद फोटो पत्रकारिता सम्मानबाट सरोज नेपाल सम्मनित भएका थिए ।

साथै राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तलाई अध्यक्ष पदमा पुनः निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् ।
एनएफपिजेले फोटो पत्रकारको व्यावसायिक हकहित, पेसागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि विविध कार्य गर्दै आइरहेको अध्यक्ष वन्तले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.