थाहामा माओवादीले जनमुक्ति सेना, शहीद र बेपत्ता परिवार सम्मान गर्ने

मकवानपुर, २१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाहा नगरकमिटीले थाहा नगरका पूर्व जनमुक्ति सेना, शहीद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने भएको छ ।


माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलनको अवसरमा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट जनयुद्धका पूर्व जनमुक्ति सेना र जनयुद्धका क्रममा शहीद तथा बेपत्ता भएका परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र थाहा नगरकमिटी अध्यक्ष बिनोदकुमार लामाले बताए ।


हाल थाहा नगरपालिकाको वडागत रुपमा पूर्व जनमुक्ति सेना, शहीद तथा बेपत्ता परिवारको तथ्याङ्क संकलनको काम भईरहेको पूर्व जनमुक्ति सेना, शहीद तथा बेपत्ता परिवारलाई सम्मान कार्यक्रम संयोजक केशब सुनारले बताए ।


अध्यक्ष ‘प्रचण्ड’ माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलन उद्घाटनकालागि आगामी कात्तिक २४ गते शनिवार थाहा नगर आउने कार्यक्रम रहेको वाईसिएल थाहानगर अध्यक्ष मानसिं दोङले बताए ।


प्रचण्डले वाईसिएल नेपाल थाहानगर कमिटीको सम्मेलन उद्घाटनका साथै बिशाल जनसभाको सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.