खेलकुदको विकासमा थाहानगर प्रतिबद्ध छ : नगरप्रमुख बिष्ट

थाहा, १७ कात्तिक/थाहानगरको खेलकुद विकासमा नगरपालिका प्रतिबद्ध रहेको थाहानगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले बताए ।
शनिबार बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले आयोजना गरेको मकवानपुर जिल्लास्तरीय भलिबलको फाइनल खेल पश्चात् बिजेता टोलीलाई शुभकामना र बधाई दिँदै प्रमुख बिष्टले खेलकुद अनुशासन र लगनशिलताको मुख्य आधार भएको बताए ।
प्रतियोगितामा साविक बिजेता मंगलेश्वर युवा क्लबले आयोजक बिनयबाबु स्मृति प्रतिस्ठानलाई ३-२ सेटमा पराजित गरि उपाधि चुमेको छ ।
बिहिबारदेखि सुरु भएको सातौ संस्करणको प्रतियोगितामा बिजेता मंगलेश्वर युवा क्लबले नगद ५५ हजार पाँच सय पचपन्न, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै उपबिजेता आयोजक बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले नगद २८ हजार आठ सय अठासी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
मकवानपुर जिल्लाका १७ टिमको सहभागिता रहेको प्रतियोगिताको उत्कृष्ट खेलाडी बलराम सुबेदी, उत्कृष्ट ब्लकर सुजल कार्की, उत्कृष्ट स्पाईकर रमेश तामाङ, उत्कृष्ट प्रशिक्षक योगबहादुर सिन्तान, उत्कृष्ट सेटर उत्सब आलेमगर, उदयमान खेलाडी किसन थापा घोषित भए ।

बिधागत उत्कृष्ट खेलाडीहरुले नगद सहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिता प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.