मकवानपुरमा राती ९ बजेसम्म देउँसी खेल्न पाइने

हेटौंडा, १३ कात्तिक । मकवानपुर जिल्लामा राती ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाईने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि देउँसी भैलोलगायतका साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्न आग्रह गरेको हो ।


कात्तिक ९ गते शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार तिहार तथा छठपर्वको समयमा जिल्ला भित्रको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन, शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा चाडपर्ब मनाउनको लागि आवश्यक्ता अनुरुप सुरक्षाकर्मीे परिचालन गरिएको समेत विज्ञप्तीमा उल्लेख गरिएकोछ ।


मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा देउँसी–भैलो लगायतको साँस्कृतिक कार्यक्रम गर्दा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी गर्न आग्रह गरेको छ ।
प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवम् बिक्री–वितरणमा नगर्न आग्रह गरेको छ ।


त्यस्तैै जुवातास खेल्ने÷खेलाउने जस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी हो–हल्ला तथा झै–झगडा नगर्न पनि प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रशासनले देशभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री–वितरणमा पूर्ण रोक लगाएको भन्दै सो कार्य नगर्नु, नगराउन अनुरोध गरेको छ । यदी प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री–वितरण गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।


साथै प्रशासनले शुभ दिपावली एवम् छठ पर्वको अवसरमा सम्पूर्ण जिल्लाबासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, उत्तरोत्तर प्रगतिको शुभकामना समेत ब्यक्त गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.