
चैत्र ३,हेटौंडा :- नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुरले शुक्रबार साँझ हेटौंडा क्याम्पसमा लगाएको ताला खोलेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रियामा हेटौंडा क्याम्पस स्ववियु निर्वाचन समितिले गैरकानुनी रुपमा सत्ता पक्षिय संगठनलाई सहज हुने गरी मतपत्रमा नाम सार्वजनिक गरेपछि क्रान्तिकारीले ताला लगाएको थियो ।
अखिल(क्रान्तिकारी) मकवानपुरका अध्यक्ष बुद्धराज अर्यालको नेतृत्वमा पुगेको टोलीले हेटौंडा क्याम्पसको निर्वाचन समिती संग छलफल पस्चात ताला खोलेको छ। हेटौंडा क्याम्पसको स्ववियुु निर्वाचन प्रक्रियामा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले छुट्टाछुुट्टै उम्मेदवारी दिएपनि निर्वाचन समितिले मतपत्र गैरकानुनी रुपमा प्रकाशित गरेको भन्दै आपत्ती जनाएको थियो। ताला खोलेपछि निर्वाचन समितिलाई यस्तो त्रुटी नदोहोर्याउन अनुरोध समेत गरेको छ।
सानिबार बसेको बैंठकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य दिनेश सुवेदी,हेटौंडा क्याम्पस प्रमुख बालकृष्ण शर्मा,निर्वाचन अधिकृत नमुना पान्डे,निर्वाचन समिती,रास्ट्रीय प्रजातान्त्रिक विद्यार्थी संगठन बागमती प्रदेश संयोजक प्रकाश चौलागाईं,अनेरास्ववियु मकवानपुर अध्यक्ष अमृत बर्तौला,नेबि संघ मकवानपुर अध्यक्ष भीषण ठकुरी,अनेरास्ववियू मकवानपुर अध्यक्ष अरुण बर्तौला,अखिल(क्रान्तिकारी)मकवानपुर अध्यक्ष बुद्ध राज अर्याल,रास्ट्रीय प्रजातान्त्रिक विद्यार्थी संगठन मकवानपुर अध्यक्ष आशिष चौलागाईं, हेटौंडा क्याम्पस स्ववियु उम्मेदवार दिपक वाइबा,अभि मैनाली लगायतको उपस्थिति रहेको थियो।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan