
हेटौंडा, ११ कात्तिक/टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आईतबार साँझ भएको दोस्रो सेमिफाइनल खेलमा भारतलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो।

नेपालको जितमा सावित्रा भण्डारी, गिता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार सफल भयो।
त्यस्तै भारतको तर्फबाट मनिषा, के पुरुषोत्तमको प्रहार सफल हुँदा कप्तान आसालता र रञ्जना चानु पेनाल्टी प्रहारमा चुके।
त्यसअघि निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
नेपालले अब उपाधिका लागि बंगालदेशसँग प्रतिश्पर्धा गर्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो।
यसअघिका चार संस्करणमा उपाधिका लागि प्रतिश्पर्धा गरेका नेपाल र भारत लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने भएका थिए।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan