देशभर काग तिहार श्रद्धा र भक्तिपूर्वक मनाइँदै

मकवानपुर, कार्तिक २,

हिन्दू धर्मावलम्बीहरूले आज यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहार श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारले तिहार पर्वको शुभारम्भको संकेत गर्दछ।

परम्पराअनुसार आजको दिन बिहानै घर–घरमा मानिसहरूले कागलाई बोलाउँदै भात, दाल, सेलरोटी, मिठाई र फूलमाला अर्पण गरी पूजा गर्छन्। कागलाई यमराजको दूत मान्ने चलन छ। मान्यता अनुसार कागले अनिष्ट वा मृत्युका समाचार सुनाउने जनावर भएकाले यस दिन उसलाई पूजा गरे घरपरिवारमा अशुभ नआई सुख:शान्ति रहन्छ भन्ने विश्वास गरिन्छ।

काग तिहारले प्रकृति र जीवजन्तुप्रतिको सम्मान र सह–अस्तित्वको सन्देश दिने गर्दछ। यस अवसरमा घरघरमा दियो बाल्दै, पूजा गरी, वातावरणमा सौहार्द, आशा र शुभकामनाको प्रकाश फैलाइएको छ।

तिहार पर्व पाँच दिनसम्म मनाइन्छ। काग तिहारपछि क्रमशः कुकुर तिहार, गाई पूजा (गोवर्धन पूजा), लक्ष्मी पूजा र अन्त्यमा भाइटीका मनाइने परम्परा रहेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.